रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीद्वारा चार मिलियन युरो सहयोग
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् ।
पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ । रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् ।
ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा पक्राउ परेका थिए । नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै पक्राउ गरिएको थियो ।
रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ३९ वर्षीय रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी
-
नारीवादी विदेश नीतिबारे बहस
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट