शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

आइतबार, ०२ चैत २०७६, १३ : २०
आइतबार, ०२ चैत २०७६

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनको प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट भएको हो । प्रियंका र सफलको शुक्रबार इन्गेजमेन्ट भएको हो ।

इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो । सफल पेसाले इन्जिनियर हुन् । 

प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राम मार्फत आफू सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन् । 

शनिबार अभिनेत्री आँचल शर्माको बिवाह भोजमा समेत प्रियंका र सफलसँगै देखिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप