इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ
सारांश
- इजरायली सेनाले गाजामा गरेको सैनिक अभियानमा पक्राउ परेका १० प्यालेस्टिनीलाई रिहा गरेको छ।
- रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि देइर अल-बलाहस्थित अस्पतालमा लगिएको छ।
- अन्तर्राष्ट्रिय रेडक्रसले बन्दी रिहाइ र परिवारसँगको पुनर्मिलनमा सहयोग गरेको जनाएको छ।
एजेन्सी । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित ‘शहीदहरूका अल अक्सा अस्पताल’ पुर्याइएको स्थानीय प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीहरूलाई रिहा गर्न र उनीहरूलाई अस्पतालमा स्थानान्तरण गर्न अभियानले सहज बनाएको स्पष्ट पारेको छ । साथै, उक्त प्रक्रिया रिहा भएका व्यक्ति र उनीहरूका परिवारहरूबीच पुनः भेटघाट तथा सम्पर्क कायम गर्न पनि सहयोगी भएको जनाइएको छ ।
इजरायली पक्षले गाजा क्षेत्रमा हजारौं महिला, बालबालिका तथा अन्य नागरिकलाई हिरासतमा लिई तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण