इट्टा उद्योग सञ्चालक माथि आक्रामण

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ स्थित दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालकमाथि कुटपिट हुनुका साथै उद्योगमा तोडफोड भएको छ ।
बाँस, लाठी, घरेलु हातहतियार सहित गएको एक समूहले इट्टा उद्योगका संचालक रामबाबु चौधरीको भाइ मुखेश कुमार चौधरी सहित ८ जना माथि कुटपिट गरेकाे बताइएको छ ।
कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए ।
आक्रमणकारीहरुले इट्टा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाइभाइ इट्टा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए ।
घटनामा संग्लग्न रहेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ गरुडा नगरपालिका पोटियाहीमा वडा नम्बर ६ का अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूह बीच भनाभन भएको थियो । सोही विवाद बढ्दै जाँदा आइतबार सो घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान
-
सडक सुरक्षाका लागि बहुपक्षीय समन्वय आवश्यक छ : मन्त्री दाहाल
-
कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा