इट्टा उद्योग सञ्चालक माथि आक्रामण
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ स्थित दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालकमाथि कुटपिट हुनुका साथै उद्योगमा तोडफोड भएको छ ।
बाँस, लाठी, घरेलु हातहतियार सहित गएको एक समूहले इट्टा उद्योगका संचालक रामबाबु चौधरीको भाइ मुखेश कुमार चौधरी सहित ८ जना माथि कुटपिट गरेकाे बताइएको छ ।
कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए ।
आक्रमणकारीहरुले इट्टा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाइभाइ इट्टा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए ।
घटनामा संग्लग्न रहेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ गरुडा नगरपालिका पोटियाहीमा वडा नम्बर ६ का अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूह बीच भनाभन भएको थियो । सोही विवाद बढ्दै जाँदा आइतबार सो घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण