सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोरोना महामारीः स्वीट्जरल्यान्डमा आपतकाल घोषणा

सोमबार, ०३ चैत २०७६, २२ : ५६
सोमबार, ०३ चैत २०७६

एजेन्सी । युरोपियन मुलुक स्वीट्जरल्यान्डले कोरोना भाइरसको महामारी फैलिएको भन्दै आपतकालको घोषणा गरेको छ । सोमबार स्वीट्जरल्यान्ड सरकारले कोरोना भाइरसबाट हुने खतरालाई मध्यनजर गर्दै आपतकालको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

स्वीट्जरल्यान्डमा कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा ४ जनाको ज्यान गएको छ भने २३ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चीनको उहानबाट सुरु भएको सो महामारी अहिले युरोपियन मुलुक लगायत विश्वभर तिव्रगतिमा फैलिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप