सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेट
मङ्गलबार, ०४ चैत २०७६, १६ : ३३
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत म्यानले भामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।
भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताएका थिए ।
उनले कोरोना भाइरसले विश्वलाई भयभित बनाइरहँदा उत्तर कोरियाले अपनाएको सतर्कताबाट अरु देशले पनि सिक्नुपर्ने धारणा राखेको सभामुखको सचिवालयले जनाएको छ ।
त्यसक्रममा राजदूत म्यानले उत्तर कोरियाले अन्तराष्ट्रिय स्तरमा सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताउदै नेपालले पनि कोरोना रोक्न गरिरहेको प्रयासको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण