अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति
एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको हो । राष्ट्रपति ट्रम्पले सो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा रुपमा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतवानी दिँदै भने, ‘चीनलाई दुव्र्यवहार गर्नुअघि उनीहरुले ‘उनीहरुको काममा ध्यान केन्द्रीत’ गर्नुपर्छ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए । चीनको विरोध गर्दा पछिल्ला दिन ट्रम्पले पटक–पटक कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका छन् ।
पछिल्लो साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरस फैलाएको दोष अमेरिकी सेनामाथि लगाएका थिए । उक्त आरोपको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत हल्ला फैलाएको भन्दै आपत्ति जनाएका थिए ।
चीनको उहानबाट सुरु भएको कोरोना महामारीले विश्वका १ लाख ९० हजारभन्दा बढी संक्रमित भैसकेका छन् भने करिब ८ हजारको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण