भरतपुर कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन हुँदै
शुक्रबार, ०७ चैत २०७६, ०६ : ४४
कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन् ।
७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भनिन्, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ गोलको थ्रिलरमा रियल रोकियो
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
-
८ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
-
न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
-
‘अर्थमन्त्रीलाई मेरो सुझाव छ, कार्यान्वयन गर्न सकिने र स्रोतले धान्ने मात्र बजेट ल्याउनुहोला’