बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

लक्ष्मी र जीवनको ‘जेल पनि सहुँला, नेल पनि सहुँला...’

शुक्रबार, ०७ चैत २०७६, १४ : ५४
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला...’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’ को शब्द, हरि लम्सालको संगीत रहेको गीतको भिडियोसमेत बनेको छ । जसमा लक्ष्मी वर्देवा र जीवन भट्टराईको अभिनय देख्न सकिन्छ ।

भिडियो पनि लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेम आकर्षक रुपमा देखाउन खोजिएको छ । दोरम्बा रामेछापको आसपासमा छायाँकन गरिएको भिडियोमा बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप