विप्लवको सहकारीले उत्पादन गरेको २ लाख किलो आलु किनेपछि विनोद चौधरीले के भने ?
काठमाडौँ । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उद्योगहरूका लागि कच्चा पदार्थका रूपमा आवश्यक कृषि उत्पादन देशभित्रबाट आपूर्ति गर्न सके अर्थतन्त्रको जग बलियो हुने बताएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनश्रम कृषि सहकारी संस्थाले उत्पादन गरेको आलु सीजी फुड्सले किनेको उदाहरण प्रस्तुत गर्दै चौधरीले सो कुरा बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै चौधरीले भने, ‘नेपाली अर्थतन्त्रको इन्ट्रिग्रेटेड विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । हाम्रा उद्योगहरूका लागि कच्चा पदार्थका रूपमा आवश्यक कृषि उत्पादन देशभित्रबाट आपूर्ति गर्न सकिए हाम्रो अर्थतन्त्रको जग बलियो हुन्छ ।’
‘हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति अङ्गीकार गरेका छौँ सोही अनुसार विप्लवजीले उत्पादन गर्नु भएको आलु हाम्रो इन्डिस्ट्रियल पार्कले खरिद गरेको हो । अन्य कृषि उपजहरू पनि देशभित्रबाट आपूर्ति हुने वातावरण बनाउन यसैगरी लाग्नुपर्छ । राजनीति देशको आर्थिक विकाससँग जोडियोस्, विप्लवजीलाई धेरै शुभकामना,’ उनले भने ।
तुल्सीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार आयोजना गरेको कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु सीजी फुड्सले खरिद गरेको जानकारी दिएका थिए । आलु खरिदबारे सहकारी र सीजी फुड्सबिच गत कात्तिकमा सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण