पर्यटकीय मार्ग छेडा–कल्याणकाँध सडक शिलान्यास
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटकीय महत्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नतिका लागि शिलान्यास गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका १४ देखि बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज उहाँले शिलान्यास गर्दै विकासका काम भइरहँदा कर्मचारी र सरकारको भर नपरी यसमा सबैले साथ दिनुपर्ने बताए ।
मुख्यमन्त्री कँडेलले भने, “समुदायले विकास मेरा लागि हो भन्ने सम्झनुपर्दछ । प्रदेश सरकार यहाँका पूर्वाधार आवश्यकता पूर्ति गर्न निर्बाध अगाडि बढेको छ । विकास जनप्रतिनिधि र कर्मचारीले मात्रै गर्ने नभई हामी सबैको हो भन्ने सोचसहित सहयोग गर्न सबैलाई आग्रह छ ।”
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकको गढीदेखि कल्याणकाँधसम्म निर्माण हुने सात किमी सडकले यहाँका स्थानीयको दैनिकीमा सहजता ल्याउने मुख्यमन्त्री कँडेलको विश्वास छ ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले करिब रु आठ करोडमा निर्माण हुने उक्त सडक तीन हजार पाँच सय मिटर पक्की र सोही बराबर दूरीमा ग्राभेल सडक निर्माण हुने जानकारी दिए।
उनका अनुसार गत वैशाख २२ गते सम्झौता भएर सडक निर्माणको जिम्मा बिआईएस कन्स्ट्रक्सन प्रालि काभ्रेपलाञ्चोकले लिएको छ । सडक निर्माण अवधि विसं २०८३ असार मसान्तसम्म रहेको निर्देशक शाहीले बताए।
प्रालिका प्रतिनिधि अमृत गौतमले कुनै समस्या सिर्जना नभएमा तोकिएकै समयमा आयोजना सम्पन्न हुनेगरी काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण