पर्यटकले गुलजार अन्नपूर्ण आधार शिविर (फोटो फिचर)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ ।
आरोहीहरू आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरूको पनि आधार शिविरमा आगमन सुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरू पनि आउने गर्छन् ।
मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।
छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_MGnjfE1zdA.jpg)
_mHlHjWLTYl.jpg)
_84DsapVzNV.jpg)
_SthIUfdI7W.jpg)
_E6VkjAv6Ha.jpg)
_LLaUxsHYWd.jpg)
_P0u5fYt4xW.jpg)
_1e35Ow3iMK.jpg)
_LrUThm9Wq8.jpg)
_C3MpknJcRA.jpg)
_KWGkJdk0XU.jpg)
_AJWOp7WUAt.jpg)
_YNz4n92p6j.jpg)
_4wRXoIbfhE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण