लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास रहेको उल्लेख गर्दै पत्रकारिता जनविश्वासको बलियो आधार बन्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशद्वारा हेटौँडामा आयोजित ‘सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया तथा दुई दिने भेलामा बोल्दै मुख्यमन्त्री लामाले सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
‘हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौं,’ उनले भने, ‘नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु अत्यावश्यक छ, जसले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ ।’
कानून निर्माणको सन्दर्भमा बोल्दै उनले कानून बनाउँदा अत्यन्त सचेत रहनुपर्ने र कानूनको मर्म बुझ्ने निकायबाट गलत व्याख्या हुँदा समस्या उत्पन्न हुने गरेको बताए । उनले उत्पादनमुखि क्षेत्रमा लगानी गर्न नसक्नु सरकारको कमजोरी रहेको स्वीकार गर्दै सरकारका थुप्रै पहलमा पनि अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको बताए ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले पत्रकारले प्रदेशको जटिल अवस्था र यथार्थ बुझ्न जरुरी रहेको बताए । ‘प्रहरीसमेत प्रदेश सरकारको अधिकारमा छैन,’ उनले भने, ‘संघीय सरकारको अवरोधले प्रदेश सरकारद्वारा बनाइएका थुप्रै कानून कार्यान्वयनमा जान सकेका छैनन् ।’
आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले पत्रकारिता खोजमूलक, तथ्यमा आधारित र जनसरोकारमुखि हुनुपर्नेमा जोड दिए । ‘प्रदेश सरकार सधैँ पत्रकारसँगै छ,’ उनले भने, ‘सूचनाको युगमा पत्रकारको भूमिका झन जिम्मेवार र संवेदनशील हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण