लुम्बिनी प्रदेश सभा : बजेट सिद्धान्त र प्राथमिकता विषयक छलफल
बुटवल । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको दस्तावेजका आधारमा सांसदहरूले मंगलबारबाट बसेको सभामा धारणा राख्न थालेका हुन् ।
प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमले समेटेका कृषि आधुनिकीकरण र उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै, खानेपानी, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन, योजना बैंकको आधारमा बजेटको वितरण, तथा समावेशी र दिगो विकासमा बजेट केन्द्रित गरिनुपर्ने सुझाव सांसदहरूले राखेका छन् ।
प्रि-बजेट छलफलका रूपमा लिइने यो प्रक्रियामा सांसदहरूले बजेट निर्माणमा महिलाको सहभागिता न्यून भएको, विद्यालय छाड्ने विद्यार्थी दर उच्च भएकाले त्यसको रोकथामका लागि प्रभावकारी योजना आवश्यक भएको, तथा विनियोजित बजेटअनुसार राजस्व संकलनको लक्ष्य पूरा गर्न प्रदेश सरकारले विशेष रणनीति बनाउनुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आज र भोलि गरी दुई दिन सञ्चालन हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण