बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
युवा संघ महाधिवेशन

युवासंघको अध्यक्षमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को को विजयी ? (नतिजासहित)

मङ्गलबार, १३ जेठ २०८२, २१ : २०
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । पोखरामा सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट क्षितिज थेबे अध्यक्षमा निर्वाचित भएका छन् ।  

मंगलबार सम्पन्न निर्वाचनमा सुमन पुरीलाई १ सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् ।

सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो । मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना सहभागी भएका थिए । 

1

494571275_24004202615887171_5284836208486617230_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप