बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय
प्रहरी समक्ष बयान

पत्रकार मृत भेटिएको घरमा आगो लगाएपछि माओवादी कार्यालय तोडफोड गर्न गयौँ : अनुप राजावादी

मङ्गलबार, १३ जेठ २०८२, १५ : १०
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । राजावादी सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने गोकर्ण शाही गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू पनि संलग्न रहेको बताएका छन् ।

प्रहरीसँगको बयानका क्रममा उनले आफू पनि उक्त आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । उनले तारा राजावादीसहितको समूहमा मिसिइ आफूले पनि उक्त आगजनी गरेको प्रहरी समक्ष बयान दिएका छन् । उक्त आगलागीमा आफूसहित तारा राजावादी भन्ने सरोज सरोज गौतम र शिवसेनाका सदस्य दण्डपाणि रेग्मीलगायत सहभागी भएको उनले बताएका छन् ।

अनधिकृत रुपमा भुइँतला हुँदै घरमा प्रवेश गरी आगो लगाएपछि त्यहाँबाट आफूहरु पेरिसडाँडास्थित नेकपा माओवादीको कार्यालय तोडफोड गर्न गएको उनले बताए ।

एटीएफ, पीडीएफ, आरटीएफ, शिव सेनालगायतका संगठनमा आवद्ध २५/३० जनाको समूह माओवादीको केन्द्रीय कार्यालयमा तोडफोड गर्न गएकोमा त्यहाँ वाईसीएलका सदस्यलगायत देखेर फर्किइ डेरातर्फ गएको उनले बयानमा बताएका छन् । 

तीनकुनेस्थित घरमा लगाइएको आगलगीबाट पत्रकार सुरेश रजकको मृत्यु भएको खबरपछि सामाजिक सञ्जालहरुबाट थाहा पाएको उनले बयानान भनेका छन् ।

anup_page-0001anup_page-0002anup_page-0003anup_page-0004anup_page-0005anup_page-0006anup_page-0007

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप