कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मङ्गलबार, १३ जेठ २०८२, ०८ : ०२

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
करिब पौने ८ बजेतिर सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ५५ वर्षीय मान बहादुर चौधरी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो, तर उपचारका क्रममा पौने ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन्।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय भरत बहादुर बम पनि दुर्घटनामा घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मण बहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य