कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मङ्गलबार, १३ जेठ २०८२, ०८ : ०२
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
करिब पौने ८ बजेतिर सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ५५ वर्षीय मान बहादुर चौधरी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो, तर उपचारका क्रममा पौने ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन्।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय भरत बहादुर बम पनि दुर्घटनामा घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मण बहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण