काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँ–ठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउँ–ठाउँमा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हो ।
चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यलय अगाडि हात धुने व्यवस्था मिलाउँदै चन्द्रागिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन निर्माण गरी उपत्यकाका विभिन्न ठाउँमा राखिएको बताए । नगरपालिकाको आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा मेसिन राख्ने व्यवस्था मिलाएको उनले बताए ।
ट्राफिक कार्यालय अगाडि बाटोमा हात धुने व्यवस्था गरिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले हात धुँदै ट्राफिक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग पुगेको बताए ।
उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखमबाट जोगिन सहज हुने भएको छ । काठमाडौं उपत्यकाका मुख्य मुख्य स्थानमा अहिले हात धुने पानी र साबुनको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण