राहत प्याकेजबारे प्रधानमन्त्री: अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रका लागि छिट्टै राहतको प्याकेज ल्याउने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्याकेज ल्याउने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले त्यसका लागि अर्थ मन्त्रालयले अध्ययन गरिरहेको समेत बताए । ‘विश्वव्यापी यस महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको छ । अर्थ व्यवस्थामा परेको र पर्नसक्ने असरको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रम ल्याउनेछ,’ प्रधानमन्त्री ओलीले भने – ‘उद्यमी तथा श्रमजीवीहरुकप्रति यस महामारीले पर्नसक्ने प्रभावप्रति सरकार संवेदनशील छ । त्यसलाई सम्बोधन गर्ने नै छ ।’
कोरोनाको विश्वव्यापी महामारीसँगै अहिले पर्यटन क्षेत्रका सबैजसो उद्योगहरु बन्द भइसकेका छन् भने निर्माण र अन्य उत्पादनमूलक क्षेत्रहरु समेत बन्द हुँदै गएका छन् । उनीहरुले सरकारसँग राहतको प्याकेज ल्याउन माग गरिरहेका छन् । सो सम्बन्धमा कुनै घोषणा नगरे पनि छिट्टै त्यस्तो राहत प्याकेज ल्याउने प्रधानमन्त्री ओलीले आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण