काँग्रेसद्वारा क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन
काठमाडौं । नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ ।
काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो ।
शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ ।
काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो ।
पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी दिए ।
उनका अनुसार शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण