शुरु भयो क्रान्तिकारीको नेतृत्व छान्न निर्वाचन (फोटोफिचर)
काठमाडौँ । अनेकौँ प्रयासकावीच सहमति नजुटेपछि माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान शुरु भएको छ ।
निर्वाचन आयोगका संयोजक रमेश मल्लले आज दिउँसो ३ बजेबाट मतदान शुरु भएको बताए ।
यस अघि उम्मेदवारको मनोनयन हिजो नै भएको थियो । अध्यक्षमा अनिल शर्मा र रंजीत तामाङबीच प्रतिस्पर्धा हुँदैछ ।
अन्य पदका लागि पनि उम्मेद्वारहरुको संख्या धेरै देखिएको छ ।
भदौ ७ गतेबाट शुरु भएको सम्मेलन ११ गते सकिने कार्यतालिका थियो । तर, सहमतिको कसरत र निर्वाचन प्रक्रिया पुरा गर्न समय लागेपछि सम्मेलन लम्बिएको छ । देशभरबाट सम्मेलनमा दुई हजारभन्दा बढी प्रतिनीधि आएका छन् ।
घोषित रुपमा प्यानल बनेका छैनन् । तर, धेरै जसो उम्मेद्वारहरुले आफुलाई यो वा त्यो अध्यक्षको प्यालनको व्यक्ति भएको प्रचार गरेका छन् ।
शुरुमा तीन जनाले अध्यक्षक लागि मनोनयन गरेका थिए । तर, उम्मेद्वारी फिर्ताको समय सकिएपछि अध्यक्षका एक दावेदार मदन अर्यालले आफुले अर्का उम्मेद्वार रंजीत तामाङलाई समर्थन गरेको भन्दै आफू बाहिरिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण