कोरोनाका कारण जनमोर्चाको अभियान स्थगित
आइतबार, ०९ चैत २०७६, ११ : ३२
काठमाडौं । राष्ट्रिय जनमोर्चाले चैत महिनाका लागि तय गरेको संगठनात्मक अभियान स्थगित गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी खतरा र त्यसको नेपालमा परेको असर र त्रासलाई ध्यान दिंदै अभियान स्थगित गर्ने निर्णय गरेको हो । ‘राष्ट्रिय रुपमा चलेको अभियान भने हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौ’,अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
जनमोर्चाले संगठनात्मक अभियानको कार्यक्रमलाई स्थगित गरेपनि कोरोना भाइरसको सम्भावित खतरामाथि ध्यान दिंदै त्यसबारे जनतामा व्यापक चेतना दिने र त्यसबाट बच्न जनतामा उच्च प्रकारको शतर्कता दिने काममा लाग्नु राष्ट्रिय दायित्व भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण