धनुषा र महोत्तरीका अधिकांश सरकारी कार्यालय २१ गतेसम्म ठप्प
जनकपुर । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनधनुषा र महोत्तरीको प्रशासनिक कार्य तथा सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको हो सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सुचना टाँसगरी जनाएका छन् ।
नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिक रुपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरुपमा जोडिएका सम्पूर्ण कार्यहरु तत्कालका लागि बन्द गरिएको सरोकारवालले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह २१ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ । त्यस्तै,महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउपुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरि कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका यस कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्ति जारी गर्दै जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण