कोरोनाको प्रभाव रहेसम्म घरभाडा मिनाहा गर्न भाडावाला सरोकार समाज नेपालको माग
काठमाडौँ । भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासको प्रभाव नेपालमा समेत परिरहेको अवस्थालाई मध्येनजर गरी घरभेटीले आफ्नो आर्थिक क्षमता हेरेर तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर घरभाडा सरोकार समाज नेपालले उक्त आग्रह गरेको हो ।
घर बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निश्कर्ष छ । यो अवस्थालाइ आत्मसात गर्दै सरकारले तत्कालै यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समेत समाजले सरकारसमक्ष राखेको छ ।
यस्तो अवस्थामा भाडामा बसोवास गर्नेहरु, भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेको व्यापारीहरुको व्यापार ठप्प भएको कारण घरभाडा तत्कालै सकेसम्म तीन महिना नसके केही छुट गर्न सरकार र घरधनीहरुलाई भाडावाला समाज नेपालको आग्रह छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण