बेलायतमा तीन हप्तासम्म लकडाउन, नियम पालना नगर्नेलाई जरिवाना
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरस संक्रमण रोक्नका लागि विभिन्न प्रकारको प्रतिबन्धको घोषणा गरेका छन् । बेलायतका जनतालाई घरभित्रै बस्न अपिल गरिएको छ । यद्यपि, अत्यावश्यक वस्तुको किनमेल, स्वास्थ्योपचार र कुनै अनिवार्य कामका लागि भने छुट दिइएको छ ।
विषम परिस्थितीका लागि अनावश्यक पसल बन्द राख्न भनिएको छ । यसका साथै सार्वजनिक स्थानमा दुईभन्दा बढी व्यक्ति भेल हुन पाउने छैनन् । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ३५ पुगेको छ ।
यदि सर्वसाधारणले नियम पालना नगरे पुलिसले यस्तो गर्न बाध्य बनाउनेछन् । प्रधानमन्त्री बोरिस जोनसोनले डाइनिङ स्ट्रीटबाट टेलिभिजन सम्बोधनमा प्रतिबन्धलाई पालना नगर्नेमाथि जरिवाना तोकिने बताएका छन् । प्रधानमन्त्रीले पुस्तकालय, खेल मैदान, जिमखाना र धार्मिक स्थल बन्द राख्न आदेश दिएको छ ।
कसरतका लागि पार्क खुल्ला रहने तर समूहमा मानिसहरु जम्मा हुन सक्नेछैनन् । सरकारले सार्वजनिक कार्यक्रममा पनि प्रतिबन्ध लगाएको छ । विवाह रोकिएका छन् । बोरिस जोनसोनले तीन हप्ता पछि प्रतिबन्धको समिक्षा हुने र स्थितीको हिसाबले निर्णय गरिने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकातासँगको खेल वर्षाले रद्द, राजस्थान तेस्रो स्थानमा सीमित
-
चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
-
संविधान संशोधन गर्न र संसदीय सुनुवाइ हटाउन बारको माग
-
कति पुग्यो डलरको मूल्य ?
-
स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’