कोरोना भाइरसः यो भूल कतै अष्ट्रेलियामा संकटको कारण नबनोस्
रुबी प्रिन्सेस क्रुज शीपलाई सिड्नीको तटमा रोकिएको छ । यो क्रुजमा यस्ता थुप्रै व्यक्ति सवार थिए जो कोरोना भाइरसबाट संक्रमित थिए ।
क्रुजमा २,७०० यात्री सवार थिए । जसमध्ये कतिलाई रुघा, खोकी लागिरहेको थियो । यति हुँदा हुँदै पनि सिड्नी हार्बरबाट उनीहरुलाई उत्रन अनुमती दिइयो । जो व्यक्ति क्रुजबाट उत्रिए तीमध्ये केहीले रेलमार्फत् यात्रा गरे, कतिले बस समाते त कतिले विमानमा समेत यात्रा गरे ।
उक्त क्रुजमा सवार करिब १३० जनाको परीक्षण गरिएको छ जसमध्ये सबैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसका कारण सबैभन्दा धेरै खतरा अष्ट्रेलियामा देखिएको छ । एक संक्रमित व्यक्तिको अस्पतालमा मृत्यु भएको पुष्टि भइसकेको छ ।
यो घटना सार्वजनिक भएपछि मानिसहरुले रोष व्यक्त गरेका छन् । आखिर क्रुजलाई किनारामा किन रोक्न दिइयो र त्यसपछि त्यहाँ भएका यात्रीलाई किन उत्रन दिइयो भनेर मानिसहरुले प्रश्न उठाइरहेका छन् ।
क्रुजबाट यात्रीलाई उत्रन दिनुलाई एक भयानक गल्तीको रुपमा हेरिएको छ ।
बीबीसीसँगको कुराकानीको क्रममा केही यात्रीले उनीहरुलाई कुनै प्रकारको चेतावनी नदिएको बताए । यस्तै मानिसहरु रिसाउँदै प्रश्नको जवाफ माग गरिरहेका छन् ।
यसको जवाफमा अष्ट्रेलियाली सीमा बलले राज्यको स्वास्थ्य अधिकारीलाई यसका लागि जिम्मेवार ठहराएका छन् ।
अष्ट्रेलियाली सीमा बलका कमिश्नर माइकल अट्रमले सिड्नी पुग्नु अघि दुई दिन अघि क्रुजमा सवार डाक्टरले फ्लूको विषयमा चेतावनी जारी गरेको जानकारी दिए ।
न्यू साउथ वेल्स स्वास्थ्यले कम जोखिमको आधारमा क्रुजलाई मञ्जुरी दिएको जानकारीमा उल्लेख छ । बन्दरगाहमा अन–बोर्ड स्वास्थ्य परीक्षणलाई पनि खारेज गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण