चीनबाट तीन दिनभित्र स्वास्थ्य उपकरण ल्याउने सरकारको तयारी
काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । यसअघि स्वास्थ्यकर्मी तथा संस्थाहरुले स्वास्थ्य उपकरण अभावमा विरामीको उपचार गर्न नसकिएको जनाउँदै आएका थिए ।
सो उपकरण सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको छ ।
त्यस्तै मन्त्री ढकालले पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जबाट दैनिक रुपमा कोरोना आशंकितहरुको नमुना संकलन गर्ने व्यवस्था गरेको जनाएका छन् ।
त्यसका लागि हवाइजहाजको व्यवस्था मिलाएको सरकारले जनाएको छ । त्यस्तै सरकारले आजबाट धरानको विपी कोइराला अस्पतालमा कोरोना परीक्षणका लागि ल्याव सञ्चालनमा ल्याएको र त्यस्तो ल्याव सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेको समेत जनाए ।
कोरोनाबारे सवै प्रवक्ता बन्ने प्रवृतिको अन्त्य गर्न भगवान कोइराला, लोचन कार्की, मना राई गणराज लोहनी, बसरुद्धिन अन्सारी र बसन्त चौधरी रहेको कमिटी गठन गरेको मन्त्रालयले जनाएको छ ।
डेलिकेटेड अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको बलम्बुको सशस्त्र अस्पतालको अनुगमन गरी तत्काल सुचारु गर्ने प्रयत्न गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
