‘लकडाउन’को बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न राष्ट्रपतिको आह्वान (सन्देशसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लकडाउन’को बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न आह्वान गरेकी छिन् ।
बुधबार कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न विश्वप्यापी महामारी रोकथामको सन्दर्शमा राष्ट्रपतिद्वारा जारी सन्देशमा लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउन सकिने कुरामा ध्यानाकर्षण गराएकी छिन् ।
यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्ततन मनन गर्ने काममा सदुपयोग गर्न सक्छन् भन्ने आफूलाई लागेको राष्ट्रपतिको भनाइ छ ।
उनले वर्तमान संवेदनशील अवस्थालाई मध्यनगर गर्दै सरकारले जारी गरेका निर्देशनलाई पालना गर्न पनि अनुरोध गरेकी छिन् ।
उनले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आह्वान गर्दै घातक कोरोना भाइरसको विरुद्धको अभियानमा क्रियाशील हुन समेत आह्वान गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण