एनआरएनएले नेपाल सरकारलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोनाविरुद्ध लड्न एनआरएनएले घोषणा गरेको रू १ करोड सहयोगबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको हो ।
स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ।
ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको पन्तले जनाए ।
गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको बताए । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधिसहितको एक कार्यदल गठन गरेको हो ।
आजैमात्रै सरकारले चीनबाट स्वास्थ्य उपकरण ल्याउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण