खाद्यान्न वितरणको जनकपुरधाम वडा नम्बर–७ मोडल (फोटोफिचर)
जनकपुर । विश्वव्यापी महामारीरुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण प्रति सजगत अपाउदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरुपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ ।
जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक उपभोग्य खाद्यान्न वस्तु सहज र एकीकृतरुपमा वितरण शुरु गरिएको हो ।

सो वडामा १८ सय घरधुरी छन् । प्रत्येक घरधुरी प्रति ५ किलोको १ सय ७५ रुपैयाँ, प्याज २ किलोको ९० रुपैयाँ र नुन प्रति प्याकेट २० रुपैयाँको दरले उपलब्ध गराएको वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।
सामग्री लिन आएका उपभोक्ताहरुलाई ८ फिटको दुरीमा लाइन लगाएर व्यवस्थितरुपमा वितरण गरिदैँछ । अहिलेसम्म १ सय ५० जनाले खाद्यान्न सामग्री पाइसकेका छन् ।

यता, जनकपुरधाम उद्योग वाणिज्य संघले निर्धारण गरेको मूल्यभन्दा सस्तोमा वितरण गरेकोमा वडावासीहरु पनि खुसी छन् । वडाध्यक्ष साहले यो सेवा बेलुका ६ बजेसम्म चल्ने जानकारी दिए । उनले कोही छुटेको खण्डमा मुसहर वस्तीमा यसरी नै व्यवस्था मिलाएर वितरण गरिने जनाए ।

जनकपुरधाम वडा नम्बर ७ बस्ने अमिर दर्जीले यस्तो विपत्को बेलामा सर्वसुलभ र सहजरुपमा खाद्यान्न उपलब्ध हुनु सर्वसाधारणका लागि राम्रो रहेको प्रतिक्रिया दिए ।
यतिबेला देश नै लकडाउनमा रहेको बेला जनकपुरधामको वडा नम्बर ७ ले अपनाएको मोडल अन्य क्षेत्र पनि अनुसरण गर्न सकिने देखिएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण