कोरोना महामारी : स्पेनमा ज्यान गुमाउनेको सङ्ख्या ४ हजार नाघ्यो
स्पेनमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८९ पुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ संक्रमितको सङ्ख्या ५६ हजार १८८ पुगेको छ ।
यद्यपि, पछिल्लो २४ घण्टामा बुधबारको तुलनामा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । बुधबार ७ सय ३८ जनाले यस रोगको संक्रमणबाट ज्यान गुमाएकोमा पछिल्लो २४ घण्टामा यो सङ्ख्या ६ सय ५५ रहेको छ ।
इटालीपछि कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको सङ्ख्यामा स्पेन दोस्रो स्थानमा रहेको छ । कोरोनाभाइरसको महामारी सुरु भएको चीनमा यो सङ्ख्या ३ हजार २९१ रहेको छ ।
बुधबारअघिसम्म स्पेनमा ४७ हजार ६१० संक्रमित थिए भने ३ हजार ४३४ जनाले ज्यान गुमाएका थिए ।
गत मार्च १३ देखि स्पेनमा आपतकाल लागु गरिएको छ । शीर्ष स्वास्थ्य अधिकारी फर्नान्डो सिमनले बुधबार स्पेनमा अझै महामारीको चरमविन्दुमा नपुगेको प्रक्षेपण गरेका थिए । उनले मृत्यु हुनेको सङ्ख्या अझ केही दिन बढ्ने उनको अनुमान थियो ।
१५ दिनका लागि लागु गरिएको लकडाउन थप १४ दिन बढ्न सक्ने प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण