सिंगापुरमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च
सिंगापुरमा बुधबार थप ७३ जना नयाँ कोरोनाभाइरस संक्रमितहरु फेला परेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सिंगापुरमा एकै दिन यति धेरै संख्यामा कोरोनभाइरस संक्रमित फेला परेको यो पहिलो पटक हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७३ मध्ये ३८ संक्रमित देशबाहिरबाट आएका थिए । उनीहरु युरोप, उत्तर अमेरिका र दक्षिणपूर्वी एसियाबाट आएको बतायउको छ । थप २७ जना पूराना संक्रमितहरुसँग जोडिएका छन् ।
स्वास्थ्य मन्त्रायलका अनुसार ८ जना संक्रमित नयाँ रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य सुरु गरिएको जनाएको छ ।
मार्च २५ सम्म देशमा ६३१ जना संक्रमित फेला परेका थिए भने १६० जना निको भएर फर्किएका थिए । ४०४ जना बिरामी अझै अस्पतालमा रहेका छन् जसमध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २ जना बिरामीको हालसम्म मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा रुस, न्युजिल्याण्ड र जापानमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण