कोरोना कोषमा सन्दीपको एक लाख सहयोग
शुक्रबार, १४ चैत २०७६, ०९ : ५८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन् ।
उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।
“कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन् ।
सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण