चीनमा ४५ जना नयाँ कोरोना संक्रमित, १ मात्र स्थानीय संक्रमण
आइतबार, १६ चैत २०७६, १२ : २८
चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित फेला परेका छन् । योसँगै देशमा कूल संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
यद्यपि, नयाँ संक्रमित मध्ये ४४ जना बाहिरबाट आएका हुन् । एक जनामात्र स्थानीय रुपमा संक्रमित बनेका हुन् ।
यसको साथै चीनमा भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।
८१ हजार ४३९ संक्रमित मध्ये ७५ हजार ४४८ जना बिरामीहरु स्वस्थ बनेर घर फर्किएका छन् ।
शुरुवातमा चीन महामारीको केन्द्रविन्दु रहेकोमा अहिले अमेरिका र इटालीमा चीनभन्दा बढी संक्रमित फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण