गाउँ डुल्ने धर्मगुरुको कोरोनाका कारण निधन, हजारौं भक्तजन आतंकित
एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको निधन भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा छन् ।
७० वर्षका धर्मगुरु बलदेव सिंह इटली र जर्मनको भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइन बस्नुको साटो पञ्चावका दर्जनौं गाउँ डुलेका थिए । कोरोना संक्रमणले उनको मृत्यु भएपछि स्थानीय झस्किएका छन् । प्रहरीले उनी डुलेका गाउँ पहिचान गरेर कडाई गर्न थालेपछि बल्ल घटना सार्वजनिक भएको हो । भारतमा २१ दिने लकडाउन सुरु हुनअघि नै ती गाउँमा लकडाउन गरिएको थियो, अहिले स्थानीय क्वारेन्टाइनमा बसेर उच्च सतर्कता अपनाइरहेका छन् ।
‘१८ मार्चमै पहिले १५ गाउँलाई सिल गरियो र हाम्रो बुझाईमा बन्द गरिएका यी गाउँमा १५ हजारदेखि २० हजार जनता छन्,’ स्वर्गीय बलदेव बस्ने गरेको बंगा जिल्लाका वरिष्ठ सरकारी अधिकारी गौरव जैनले भने , ‘अहिले यहाँ स्वास्थ टोली तयारी अवस्थामा छ ।’
यी धर्मगुरुसँग सम्पर्कमा रहेका १९ व्यक्तिमा संक्रमण देखिइसकेको स्थानीय प्रहरी विनय बब्लानीले बताए । त्यस्तै, २ सयभन्दा बढी व्यक्तिको परीक्षण नतिजा आउन बाँकी छ । यी गुरु र उनका दुई सहयोगीले युरोपबाट फर्किएपछि सेल्फ–आइशोलेसनमा बस्नुपर्ने नियम मानेका थिएनन् र सिंहको मृत्यु हुनअघिसम्म उनीहरु विभिन्न गाउँ परिक्रमा गरिरहेका थिए ।
यो घटनाले भारतलाई नै स्तब्ध बनाएको छ र क्यानडा बस्ने चर्चित पञ्जावी गायक सिद्धु मोसेवालाले सिंहबारे गीत नै बनाएका छन् । ‘मैले मृत्युको छायाँ जसरी गाउँ डुल्दै रोग फैलाएँ,’युट्युबमा भाइरल भइरहेको यो गीतले भन्छ । पञ्जावका प्रहरी प्रमुख दिन्कर गुप्ताले यो गीतलाई चेतावनीका रुपमा सुन्न स्थानीयलाई भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण