पनामामा लिङ्गको आधारमा क्वारेन्टिन गर्ने घोषणा
मध्य अमेरिकी देश पनामाले लिङ्गको आधारमा क्वारेन्टिन गर्ने घोषणा गरेको छ ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार यहाँ विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ र मानिसहरुलाई घरमा नै बस्न भनिएको छ । मानिसहरुलाई सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । क्वारेन्टिनका लागि पनि आदेश जारी गरिएको छ ।
पनामा नागरिकका लागि जारी आदेशमा महिला र पुरुषलाई भिन्न–भिन्न राखिएको छ ।
पनामा पछिल्लो एक हप्तादेखि लकडाउनमा छ तर यो थप १५ दिनसम्म जारी रहने अनुमान गरिएको छ ।
नयाँ आदेश अनुसार अब महिला सोमबार, बुधबार र शुक्रबारमात्रै दुई घण्टाका लागि आवश्यक सामान खरिद गर्न घरबाट बाहिर निस्कन सक्नेछन् ।
साथै पुरुषहरु मंगलबार, बिहिबार र शनिबार मात्रै घरबाहिर निस्कन पाउनेछन् ।
आइतबार कोही पनि घरबाट बाहिर निस्कन पाउनेछैनन् ।
रक्षामन्त्री जुआन पिनोले आफ्नो एक बयानमा क्वारेन्टिन मानिसहरुको जीवन बचाउनका लागि मात्रै लागू गरिएको बताएका छन् ।
पनामामा तीन हप्ताअघि पहिलो संक्रमित भेटिएका थिए । अहिले त्यहाँ एक हजार बढी व्यक्तिमा संक्रमणको पुष्टि भइसकेको छ जबकी २७ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण