काठमाडौंसहित छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं – काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोकस्थित काठमाडौं महानगरपालिका–१३ ओम वहाल बस्ने राजु महर्जनको फर्निचर कारखानामा विद्युत सर्ट भई आगलागी भएको छ ।
बिहीबार बिहान आगलागी हुँदा फर्निचर कारखाना सो फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम समेत जलेर करिब ४९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, पाँचखपन नगरपालिका–७ पचासे बेंसी बस्ने लक्ष्मी कुमारी बोगटीको घर र घर नजिकै रहेको ग्वाली घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, कमल गाउँपालिका–६ सोनापुर टोल बस्ने ६५ वर्षीय होम नाथ अर्यालको घरमा खाना पकाउने ग्याँस लिक भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्याङजा, कालीगण्डकी गाउँपालिका–५ बेलटारी बस्ने ७७ वर्षीय जिवलाल न्यौपानेको घरमा बुधबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण