बिमा अवधि समाप्त भयो ? अनलाइन अनुरोध गर्नुस् नविरकण हुन्छ
काठमाडौं – बिमा समितिले कोेभिड–१९ को संक्रमणका कारण सृजना भएको असामान्य परिस्थितीमा बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको अनुरोधका आधारमा बिमालेख नविकरण गर्ने सुविधा प्रदान गरेको छ । विद्युतिय माध्यमबाट बिमितले अनुरोध पठाए समितिले बिमालेख नविकरण गर्नेछ ।
बिमा समितिले एक विज्ञप्ती जारी गर्दै जीवन बिमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि वैशाख मसान्तसम्म थप गर्ने पनि जनाएको छ । साथै उक्त अवधिको व्याज नलाग्ने व्यवस्थ मिलाउने पनि बिमा समितिले जनाएको छ ।
विश्वभरी फैलिएको कोरोनाभाइरसको महामारीका कारण नेपाल सरकारले अत्यावश्यक वाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा संक्रमणबाट सजग रही सम्पूर्ण बिमक, अभिकर्ता, सर्भेयर, सर्वसाधारणका लागि संसोधन सहितको नयाँ व्यवस्था गरेको जनाएको छ ।
चैत महिनामा नविकरण गर्नुपर्ने बिमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नविकरणको म्याद वैशाख मासान्तसम्म थप गरेको छ भने सोवापत जरिवाना नलाग्ने पनि व्यवस्था गरेको छ ।
निर्जीबन बिमकले तत्काल सर्जना हुने दाबी भुक्तानीको लागि विद्युतिय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दावी भुक्तानी गर्ने समितिले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण