बिमा अवधि समाप्त भयो ? अनलाइन अनुरोध गर्नुस् नविरकण हुन्छ

काठमाडौं – बिमा समितिले कोेभिड–१९ को संक्रमणका कारण सृजना भएको असामान्य परिस्थितीमा बिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको अनुरोधका आधारमा बिमालेख नविकरण गर्ने सुविधा प्रदान गरेको छ । विद्युतिय माध्यमबाट बिमितले अनुरोध पठाए समितिले बिमालेख नविकरण गर्नेछ ।
बिमा समितिले एक विज्ञप्ती जारी गर्दै जीवन बिमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि वैशाख मसान्तसम्म थप गर्ने पनि जनाएको छ । साथै उक्त अवधिको व्याज नलाग्ने व्यवस्थ मिलाउने पनि बिमा समितिले जनाएको छ ।
विश्वभरी फैलिएको कोरोनाभाइरसको महामारीका कारण नेपाल सरकारले अत्यावश्यक वाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा संक्रमणबाट सजग रही सम्पूर्ण बिमक, अभिकर्ता, सर्भेयर, सर्वसाधारणका लागि संसोधन सहितको नयाँ व्यवस्था गरेको जनाएको छ ।
चैत महिनामा नविकरण गर्नुपर्ने बिमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नविकरणको म्याद वैशाख मासान्तसम्म थप गरेको छ भने सोवापत जरिवाना नलाग्ने पनि व्यवस्था गरेको छ ।
निर्जीबन बिमकले तत्काल सर्जना हुने दाबी भुक्तानीको लागि विद्युतिय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दावी भुक्तानी गर्ने समितिले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का