तातोपानी र रसुवागढी नाका खोल्न अझै समय लाग्ने
काठमाडौं – सरकारले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरे पनि नाका खोल्न अझै बढी समय लाग्ने देखिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।
तर, नेपालका तर्फबाट सञ्चालनमा तयारी पूरा हुन नसक्दा दुवै नाका खुल्न ढिला हुने भएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै नाका खुलाउने चीनसँग समझदारी बनेको थियो ।
तर, नाकामा स्वास्थ्य परीक्षण गर्न आवश्यक पूर्वाधार खडा हुन सकेको छैन । क्वारेन्टाइन स्थल निर्माण गर्न स्थानीय निकायले ढिलाइ गरेको छ । कृषिजन्य वस्तुको परीक्षण गर्न पूर्वाधार निर्माणको कामसमेत भएको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण