धनगढी प्रादेशिक अस्पतालका ७ को रिपोर्ट नेगेटिभ
आइतबार, २३ चैत २०७६, १० : ४१
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए ।
संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।
दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ गोलको थ्रिलरमा रियल रोकियो
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
-
८ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
-
न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
-
‘अर्थमन्त्रीलाई मेरो सुझाव छ, कार्यान्वयन गर्न सकिने र स्रोतले धान्ने मात्र बजेट ल्याउनुहोला’