बोइङको कारखाना अनिश्चितकालीन बन्द
वासिङ्टन । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।
बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो ।
साथै कम्पनीले बोइङ ७३७ म्याक्स बिमानमा समस्या आएपछि मोजेज लेकमा रहेको अर्को कारखाना पनि अहिले बन्द छ । बोइङले आइतबार कोविड–१९ को महामारीबाट कर्मचारीलाई जोगाउन पनि कारखाना अनिश्चितकालका लागि बन्द गर्नुपरेको जनाएको थियो । बोइङका व्यावसायिक बिमान विभागका अध्यक्ष स्टान डिलले एक वक्तव्य जारी गर्दै कर्मचारी, उनीहरुका परिवार र हाम्रो समयको स्वास्थ्य र सुरक्षाका लागि कारखाना बन्द गर्नु परेको उल्लेख गरेका छन् ।
कोरोनाभाइरसको महामारीका साथै बोइङ ७३७ म्याक्स शृंखलामा आएको समस्याका कारण कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । कम्पनीले हाल अमेरिकी हवाई उड्डयन कम्पनीलाई जोगाउन संघीय सरकारबाट ६० अर्ब डलरभन्दा बढीको आर्थिक सहायताका लागि अनुरोध गरेको छ । ।
कम्पनीले गत बिहीबार कर्मचारीलाई स्वेच्छिक बिदामा बस्न वा अवकाश लिन चाहने कर्मचारीलाई तत्काल आवेदन दिन अनुरोध गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण