भारतमा प्रधानमन्त्री मोदीसहित सांसदहरुको ३० प्रतिशत तलब कोराना महामारीविरुद्धको लडाईमा खर्च गरिने
एजेन्सी । भारत सरकारले प्रधानमन्त्री नरेन्द्य्र मोदीसहित सम्पूर्ण सांसदको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो । सरकारको यो निर्णय अप्रिल १ देखि लागू हुने बीबीसीले जनाएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरका अनुसार मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव पारित गरेसँगै सांसदहरुको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुने र कटौटी गरिएको रकम कोरोना महामारीविरुद्धको लडाईमा खर्च गरिनेछ ।
उनका अनुसार मन्त्रिपरिषद बैठकले यो निर्णय गरेलगत्तै राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेका छन् । भारतमा अहिले कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म त्यहाँ १ सय ९ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण