लकडाउनमा ढुवानी सहजीकरण : कोलकाता र हल्दिया बन्दरगाहमा जरीवाना मिनाहा
वीरगञ्ज – कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् ।
नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत मार्च २२ देखि अप्रिल १४ सम्म आएका कार्गोमा यो अवधिमा निःशुल्क समय गणना नहुने बताएको हो ।
पोर्टले सूचना निकालेर यो अवधिमा बन्दरगाहमा अनलोड भएका कार्गोलाई यस्तो सहुलियत घोषणा गरेको हो । बन्दरगाहले रेलमार्फत ढुवानी हुने कार्गोलाई २० र सडकमार्गमा १० दिन निःशुल्क समय दिन्छ ।
बन्दरगाहमा अनलोड भएको कार्गो यो समयभन्दा बढी बन्दरगाहमा राख्नुपरेमा जरीवाना तिर्नुपर्छ । बन्दरगाहको सूचनाअनुसार २२ मार्चदेखि १४ अप्रिलसम्म यो निःशुल्क समय गणना हुँदैन । रेल र सडक दुवै मार्गबाट हुने ढुवानीमा यो सहुलियत दिइनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण