मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामाग्री
मङ्गलबार, २५ चैत २०७६, १२ : २०
जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले निजी लगानीमा जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री बस्नेतले बेड १२ सेट, १ सय सेट गज, थर्मल गन १० थान, पीपीई १४० थान, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र हेण्ड वास २ काटुन सहयोग गरेका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री बस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण