जुम्लामा छ जनाको कोरोनाभाइरस परीक्षण, सङ्क्रमण भेटिएन
जुम्लामा कोरोनाभाइरस सङ्क्रमण भएको आशङ्का गरिएका छ जनामा सङ्क्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो ।
छ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना सङ्क्रमण नदिएको रिर्पोट प्राप्त भएको छ ।
यही चैत २५ मा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले थप ३२४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण