कोलकातामा राखियो पहिलो ‘अटोमेटिक स्यानिटाइजिङ गेट’
भारतको पश्चिम बंगालको राजधानी कोलकाताको न्यू मार्केटमा पहिलो अटोमेटिक स्यानिटाइजिङ गेट राखिएको छ ।
त्यसपछि कोलकाता नगर निगमले महानगरको विभिन्न बजारमा यस्ता १७ वटा गेट राख्ने निर्णय गरेको छ ।
यो गेटमार्फत् बजार प्रवेश गर्नेहरुलाई हाइड्रोजन पेरोक्साइट मिसाइएको पानीको फोहोराले किटाणुमुक्त गरिनेछ । अहिले यसको परीक्षण चलिरहेको छ ।
कोरोना संक्रमणको १२ नयाँ घटना सार्वजनिक भएपछि यो राज्यमा यस्ता बिरामीको संख्या बढेर ८३ पुगेको छ । यीमध्ये ७० जना ११ परिवारका छन् ।
राज्यमा यो भाइरसको संक्रमणका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ ।
यसैबीच कलकत्ता हाईकोर्टले ३० अप्रिलसम्म अदालतको कामकाज बन्द राख्न निर्देशन दिएको छ । सुरुमा ९ अप्रिलसम्म यसलाई बन्द राख्न भनेको थियो ।
नगर निगमका फोहोर व्यवस्थापन विभागका मेयर देबब्रत मजुमदार भन्छन्, ‘यो गेटलाई परीक्षणको रुपमा राखिएको छ । हाइड्रोजन परोक्साइडले मानव शरीरमा कुनै प्रतिकूल असर त पार्दैन भनेर विशेषज्ञमार्फत् यसको प्रमाणपत्र लिइनेछ र हरियो झण्डा पाएपछि यो योजना अघि बढाइनेछ ।’
उनका अनुसार उक्त गेटमा एउटा सेन्सर राखिएको छ । कोही व्यक्ति भित्र आउनेबित्तिकै मोटर चालु हुनेछ र उनीमाथि कीटनाषक छर्कने काम हुन्छ ।
न्यू मार्केट ट्रेडर्स असोसिएशनका सचिव राजिव सिंहले यो कदमको स्वागत गरेका छन् । उनी भन्छन्, ‘कोलकातामा पहिलो पटक यस्तो गेट राखिएको छ । यसले बजारबाट आउने व्यक्तिमा संक्रमण डर हुनेछैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण