बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘दुई रुपैयाँ’को गीतमा लाउरे र एड्रे

शुक्रबार, १६ भदौ २०७४, १६ : २९
शुक्रबार, १६ भदौ २०७४

काठमाडौं – २३ भाद्रबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘दुई रुपैयाँ’को ओएसटी सार्वजनिक भएको छ । दुई रुपैयाँ बोलको ओएसटी गीतमा लाउरे र एड्रेको स्वर छ ।

रोहित शाक्यको शब्द संगीत रहेको गीतको भिडियोमा भने लाउरे, एड्रेसँगै चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहसमेत देखिएका छन् । 

चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीत अहिले चर्चा छ । यो गीत युट्युवमा हेर्ने दर्शक २ करोड पुग्न लागि सकेको छ । चलचित्रको ट्रेलर ‘टल्क्यो जावनी’ बोलको गीतले पनि अहिले चर्चा पाइरहेको छ ।

एजि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.लीले निर्माण गरेको यो चलचित्रमा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप