नयाँ वर्षको शुरुवात राष्ट्रिय गानबाट (फोटोफिचर)
सोमबार, ०१ वैशाख २०७७, ०९ : ४३
काठमाडौँ । आज वैशाख १ गते, विक्रम संवत् अनुसार नयाँ वर्ष । सधैँ हर्षोल्लासका साथ मनाइने नयाँ वर्ष यसपटक भने कोरोनाभाइरस महामारीको कारण खल्लो रह्यो । देश नै लकडाउनको अवस्थामा रहेको बेला नयाँ वर्षको उमंग सबैको घरभित्र सिमित बनेको छ ।
आमजनता घरभित्र सुरक्षित बनिरहेको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरु भने अग्रपंक्तिमा बसेर कोरोनाभाइरसबिरुद्धको ‘युद्ध’ मा खटिएका छन् । त्यही भएर
युनाइटेड नेसन्स ग्लोबल कम्प्याट नेटवर्क नेपाल नामक समूहले नयाँ वर्षमा यसरी फ्रन्टलाइनमा खटिनेहरुको सम्मानका लागि सोमबार बिहान ८ बगे राष्ट्रगान गाउन आह्वान गरेको थियो । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका थिए ।
त्यही आह्वानअनुसार आज बिहान ८ बजे विभिन्न स्थानमा राष्ट्रियगान बजाएर नयाँ वर्षलाई स्वागत गरिएको छ । हेरौँ तस्विरहरु :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण