ट्र्याक्टर दुर्घटनामा आठ बालबालिका घाइते
दैलेख । आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजिक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार आठ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक छ । ट्र्याक्टर साँझ करीब ५ बजे दुर्घटना भएको थियो ।
ट्र्याक्टर सडकबाट करीब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले जानकारी दिए । घाइते चारजना बालबालिका बेहोस छन्, दुई जनाको होस आएको र अन्य दुईजना बोल्न सक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शी वीरबहादुर नेपालीले जानकारी दिए ।
आठबीस नगरपालिका–१ को भानु आधारभूत विद्यालयको भवन निर्माणका लागि बालुवा पु¥याएर सिमगाउँबाट फर्किने क्रममा ट्र्याक्टर दुर्घटना भएको नेपालीले बताए । आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले दुर्घटनामा घाइते बालबालिकाको उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत सुर्खेत पठाउने तयारी भएको बताए ।
सबै घाइते एम्बुलेन्समा नअटेपछि थप अर्को जीपमा घाइते बालबालिकालाई सुर्खेत पठाउने तयारी गरेको उपाध्यायको भनाइ छ । आठबीस नगरपालिकाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुग्न करीब ४ घण्टा लाग्दछ । बालबालिकालाई स्थानीय सात्तला स्वास्थ्यचौकीमा सामान्य उपचार गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण