कोरोना संक्रमण हुनसक्ने भन्दै घरधनीले गर्भवतीलाई जबरजस्ती डेराबाट निकाले
मङ्गलबार, ०२ वैशाख २०७७, ०८ : ००
१
काठमाडौं – कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।
बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।
जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण